तौल घटाउँदै हुनुहुन्छ ? यी कुराको अवश्य ख्याल गर्नुहोस्



तौल बढ्नु अर्थात मोटो देखिनु अहिलेको जल्दोबल्दो समस्या हो । 

गलत खानपान, स्वास्थ्यप्रतिको लापरवाही, मदिरापान जस्ता कारणले शरीर मोटो हुने र तौल बढ्ने गर्छ । यसरी शरीर मोटाउन थालेपछि उसको व्यक्तित्वमा त असर पर्छ नै, स्वास्थ्य पनि खराब हुन्छ । 

जब आफ्नो तौल बढेको महशुस हुन्छ, त्यसलाई घटाउने प्रयास गरिन्छ । तर, यतिबेला के कस्ता समस्या हुनसक्छ ?

तौल एवं मोटोपन घटाउनका लागि खानामा कटौती गर्ने, कडा व्यायम गर्ने गरिन्छ । यसो गर्दा तपाईले आवश्यपनि कमजोर महसुस गर्न थाल्नुहुनेछ । साथै शरीरका केहि हिस्सामा पीडा महसुस हुन्छ ।

शरीरमा मिनरल्सको कमी हुन्छ

धेरैले ठान्ने गर्छन्, धेरै खाना खाएकाले गर्दा मोटोपन बढेको हो । त्यसैले उनीहरु खाना खान छाड्छन्, मोटोपन घटाउनका लागि । बरु, त्यस्तो खानेकुरा खानुपर्छ, जो सुपाच्य र सन्तुलित होस् ।

थकान महशुस

आफ्नो तौल घटाउनका लागि धेरैले अपनाउने बिधी हो, कडा व्यायाम । एकातिर कडा व्यायाम गर्ने तर त्यसका लागि आवश्यक पोषक तत्व ग्रहण नगर्ने हो भने शरीर कमजोर बन्दै जान्छ । जतिबेला पनि थकान महसुस हुन्छ । किनभने तपाईको शरीरमा यतिबेला उर्जा नै हुँदैन । त्यसैले तौल घटाउनका लागि आफ्नो खराब जीवनशैली त्याग्नु पर्छ, शरीरमा दबाब पैदा गर्ने होइन ।

छालाको समस्या हुनसक्छ

यदि तौल घटाउने चक्करमा खानामा कटौती गर्ने, कडा व्यायाम गर्ने हो भने, शरीरमा भरपुर पोषण पुग्दैन । यसले गर्दा शरीरमा रक्त(संचार राम्ररी सूचारु हुँदैन । नतिजा, छाला रुखो हुन्छ । छालाको प्राकृतिक चमक हराउँछ ।

हड्डी कमजोर हुन्छ

मोटोपन घटाउने निहुँमा खानपान त्याग्नाले शरीरमा मिनरल्सको कमी हुन्छ । त्यही कारण हड्डी र मांशपेशीले सही पोषण प्राप्त गर्दैन ।

केहि टिप्स

– आफ्नो दिनचर्यालाई सन्तुलित बनाउने । शारीरिक गतिबिधिमा जोड दिने ।

– एकै स्थानमा लामो समय बसेर खाना नखाने, थोरै थोरै तर धेरै पटक खानेकुरा सेवन गर्ने ।

– जंकफूडको सेवनबाट बच्ने । गुलियो मिठाईको सेवन पनि उपयुक्त हुँदैन ।

– धेरै चिप्लो पदार्थ, दुधजन्य पदार्थको सेवन नगर्ने ।

– तारेको, भुटेको खानेकुरा भन्दा उसिनेको खानेकुरामा जोड दिने ।

– मद्यपान नगर्ने ।

प्रतिक्रिया दिनुहोस्