कैलालीमा डुबेर १ बालकको मृत्यु



धनगढी । कैलालीमा १ बालकको डुबेर ज्यान गएको छ। टीकापुर नगरपालिका–१ एकतानगर शिविरका लालसिंह परियारका १२ वर्षीय छोरा दिनेश परियारको डुबेर ज्यान गएको प्रहरीले जनाएको छ।

दिनेशको नुहाउने क्रममा जमरा कुलोमा डुबेर मृत्यु भएको प्रहरीको भनाइ छ। पानीमा डुबेर बेहोस भएका बालकलाई तत्काल उपचारका लागि टीकापुर अस्पताल लगिएको भए पनि उनको उपचारको क्रममा ज्यान गएको इलाका प्रहरी कार्यालय टिकापुरले जनाएको थियो।

प्रतिक्रिया दिनुहोस्