अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा वाइडबडीबारे छलफल, सञ्चारकर्मीलाई प्रवेश रोक



काठमाडौं : संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आइतबारको बैठकमा सञ्चारकर्मीलाई प्रवेशमा रोक लगाएको छ ।

सिंहदरबारस्थित समितिको कार्यालयमा बैठक सुरु हुनुअघि नै ‘समितिको निर्णय’ भन्दै सञ्चारकर्मीलाई प्रवेशमा रोक लगाएको थियो । बैठकमा नेपाल वायुसेवा निगमको  वाइडबडी जहाज खरिद उपसमितिका सम्बन्धमा छलफल गर्ने कार्यसूची थियो ।

समिति सभापतिको रुलिङ भएमा सञ्चारकर्मीहरुलाई बैठकमा नराख्ने अधिकार भने समितिसँग रहन्छ ।

प्रतिक्रिया दिनुहोस्