मेवाको फलमात्र हैन, बोक्रा र पातको पनि छ यति धेरै फाइदा



एजेन्सी : मेवा स्वादिलो तथा स्वास्थ्यवर्धक फल हो। विज्ञका अनुसार मेवाको फल मात्र हैन रुख नै औषधि गुणले भरिएको छ। यसको प्रयोग रगतको कोलस्टेरोल मात्रा घटाउनेदेखि वाकवाकी लाग्नेसम्मका समस्याकालागि लाभदायि मानिन्छ ।

आज हामी तपाईलाई मेवाका फाइदाका बारेमा जानकारी दिदैछौँ :-

१ छालामा :-  मेवा छालाका लागि निकै लाभदायी मानिन्छ, यो फेसप्याकको रुपमा प्रयोग गर्न सकिन्छ। यसले छालाको जलन र संक्रमणबाट मुक्ति दिन्छ। फर्मेन्टेशन गरिएको मेवाको बोक्राले मरेका छालालाई पुनर्जीवन प्रदान गर्दै ताजा र चम्किलो राख्छ। छाला चोटमा पनि यो लाभकारी हुन्छ।

२ कोलस्टेरोलमा :- अधिक मात्रामा फाइबर पाइने भएकाले यसले रगतको कोलस्टेरोल मात्रा घटाउछ। यसमा भएको इन्जाइमले कोलस्टेरोलको अक्सिडाइजेसनबाट रोक्छ, जसबाट हृदयाघात हुने सम्भावना कम हुन्छ।

३ चाउरीमा :-  मेवामा भएको एन्टिअक्सिडेन्टले उमेर अगावै छाला चाउरी पर्ने समस्याबाट मुक्ति मिल्छ। यसले मानिसलाई युवा बनाइराख्छ।

४ पेटको समस्यामा :- मेवाको बियाँ पेटको रोगका लागि औषधिको रुपमा प्रयोग हुन्छ। यसले पेटका जुका तथा परजीवीलाई मार्छ।

५ कन्स्टिपेसनमा :-  मेवा कन्स्टिपेसनका लागि अचूक औषधि हो । यसले खानालाई प्राकृतिक रुपमा पचाउन मद्दत गर्छ।

६ मलद्वारसंबन्धी समस्यामा :- मेवाको जुस मलद्वारको संक्रमण हटाउन काम लाग्छ । तर, उपचारका लागि यसको नियमित प्रयोग गर्नुपर्छ।

७ तौल घटाउन :- उच्च पोषण र न्युन क्यालोरी हुने भएकाले तौल घटाउन चाहनेका लागि मेवा निकै लाभदायी मानिन्छ।

८ बिहानीको वाकवाकीमा :- खासगरी गर्भवती महिलामा बिहानपख देखिने वाकवाकीको समस्यामा यो काम लाग्छ। बिहान एउटा सानो टुक्रा मेवा खानाले वाकवाकी र अरूची हट्छ।

९ हाडजोर्नी :- जलनशिलविरुद्धका इन्जाइम हुने भएकाले यसले दुखाई कम गर्न मद्दत पुर्याउछ , खासगरी आर्थराइटिस, ओस्टियोपोरोसिस भएका बिरामीमा यो लाभदायीमानिन्छ। यसमा क्यान्सरसँग लड्ने क्षमता पनि हुन्छ।

१० प्रतिरोधी क्षमतावृद्धिमा :- यो भिटामिन ए र भिटामिन सी को भण्डार नै हो, यसले शरीरको रोगप्रतिरोधी क्षमतामा वृद्धि गर्छ, खासगरी ज्वरो, रुघाखोकी भइरहने बिरामीलाई यो काम लाग्छ।

११ स्याम्पुको रुपमा :- मेवाका तत्व मिसाइएको स्याम्पु चाया हटाउन निकै लाभकारी हुन्छ।

१२ रजस्वला अनियमित भएकोमा :-  मेवाको नियमित सेवनले महिलाको मासिक धर्मलाई पनि नियमित बनाउछ।

१३ कलेजोको क्यान्सरमा :- यसले क्यान्सरको कोषको वृद्धिमा ढिला गराउछ र कलेजोलाई बचाउँछ।

१४ गर्भनिरोधक :- भाले लंगुरमा गरिएको एक अध्ययनले मेवामा गर्भनिरोधक क्षमता पनि भएको पाइएको छ। त्यसैले पुरुषले मेवा प्रयोग गरेको अवस्थामा सहवास भएकामा तत्काल गर्भ रहने सम्भावना कम हुन्छ।

१५ मिर्गौलाको समस्यामा :- विषसेवनका कारण मिर्गौला फेल भएको अवस्थामा मेवाले पुनः पूरानै अवस्थामा फर्काउन मद्दत गर्छ। यसमा भएका एन्टिअक्सिडेन्ट र अक्सिडेटिभले मिर्गौलालाई फेल हुनबाट बचाउछ।

१६ डेंगु :- अनुसन्धानकर्ताका अनुसार मेवाको पातको जुसले डेंगुको ज्वरोलाई समेत रोकथाम गर्ने पुष्टि गरेका छन्। मेवाको पातको जुसले शरीरमा रगतको प्लेटलेटमा वृद्धि गर्छ।

प्रतिक्रिया दिनुहोस्