तपाईँ शुद्ध शाकाहारी हुनुहुन्छ भने प्रोटिनको लागि यी खाना खानुहोस्



एजेन्सी : एक साधारण पुरुषलाई एक दिनमा औसत ५६ ग्राम र महिलालाई एक दिनमा औसत ४६ ग्राम प्रोटिनको आवश्यकता पर्दछ। भनिन्छ कि शाकाहारी खानामा त्यति प्रोटिन पाइँदैन जति मांसाहारीमा पाइन्छ। तर यदि तपाईँ साँच्चै नै शुद्ध शाकाहारी हुनुहुन्छ भने आज हामी तपाईँहरूको लागि प्रोटिनले भरिएको शाकाहारी खानाको बारेमा केही जानकारी दिन गइरहेका छौँ-

१. सोयाबिन

प्रोटिन :- प्रति १०० ग्राम काँचो सोयाबिनमा ३६ ग्राम प्रोटिन

क्यालोरी :- प्रति १०० ग्राम काँचो सोयाबिनमा ४४६ क्यालोरी

कोलेस्ट्रोल :- ० ग्राम

कार्बोहाइड्रेट :- प्रति १०० ग्राम काँचो सोयाबिनमा ३० ग्राम कार्बोहाइड्रेट

फाइदा:- पाचनप्रक्रियाको समस्या, मोटोपना, मुटुरोग, मधुमेहबाट राहत

soyabean curry

२. दाल

प्रोटिन :- प्रति १०० ग्राम पकाएको दालमा ९ ग्राम प्रोटिन

क्यालोरी :- प्रति १०० ग्राम पकाएको दालमा ११६ क्यालोरी

कोलेस्ट्रोल :- ० ग्राम

कार्बोहाइड्रेट :- प्रति १०० ग्राम पकाएको दालमा २० ग्राम कार्बोहाइड्रेट

फाइदा :- चिनीरोग, आलश्यता, मोटोपना, गलगाँड, मुटुरोगबाट राहत

groups-of-lentils

३. चना

प्रोटिन :- प्रति १०० ग्राम भिजाएको चनामा १९ ग्राम प्रोटिन

क्यालोरी :- प्रति १०० ग्राम भिजाएको चनामा ३६४ क्यालोरी

कोलेस्ट्रोल :- ० ग्राम

कार्बोहाइड्रेट :- प्रति १०० ग्राम भिजाएको चनामा ६१ ग्राम कार्बोहाइड्रेट

फाइदा :- राम्रो निन्द्रा, कोलेस्ट्रोलमा नियन्त्रण, पाचनसमस्यामा राहत, मधुमेहमा नियन्त्रण, प्रतिरक्षा प्रणालीमा सुधार, कपालको सौन्दर्यमा सुधार, छालाको लागि फाइदाजनक

JPEG Pro

४. केराउ

प्रोटिन :- प्रति १०० ग्राम हरियो केराउमा ५ ग्राम प्रोटिन

क्यालोरी :- प्रति १०० ग्राम हरियो केराउमा ८१ क्यालोरी

कोलेस्ट्रोल :- ० ग्राम

कार्बोहाइड्रेट :- प्रति १०० ग्राम हरियो केराउमा १४ ग्राम कार्बोहाइड्रेट

फाइदा :- पेटको क्यान्सरबाट राहत, रक्तसञ्चारमा सुधार, कलेजोमा भएको क्षतिमा राहत, ऊर्जाको श्रोत, चाँडै पेट भराउँछ

peas-17245-1920x1200

५. बदाम

प्रोटिन :- प्रति १०० ग्राम बदाममा २१ ग्राम प्रोटिन

क्यालोरी :- प्रति १०० ग्राम बदाममा ५७६ क्यालोरी

कोलेस्ट्रोल :- ० ग्राम

कार्बोहाइड्रेट :- २२ ग्राम

फाइदा :- क्यान्सरविरोधक, खराब कोलेस्ट्रोलबाट राहत, मुटुरोगबाट छुट्कारा, ऊर्जाको राम्रो श्रोत, मधुमेहबाट छुट्कारा, तौलमा नियन्त्रण, चाँडै पेट भराउँछ

almond

६. फर्सीको बियाँ

प्रोटिन :- प्रति १०० ग्राम फर्सीको बियाँमा १९ ग्राम प्रोटिन

क्यालोरी :- प्रति १०० ग्राम फर्सीको बियाँमा ४४६ क्यालोरी

कोलेस्ट्रोल :- ० ग्राम

कार्बोहाइड्रेट :- ५४ ग्राम

फाइदा :- मुटुको लागि स्वस्थवर्द्धक, मधुमेहविरोधक, प्रतिरक्षा प्रणालीमा सुधार, कलेजोको लागि फाइदाजनक, पुरुषमा बाँझोपनाबाट राहत, अनिन्द्राबाट छुट्कारा

Pumpkin seeds

७. ब्रोकाउली

प्रोटिन :- प्रति १०० ग्राम ब्रोकाउलीमा २.८ ग्राम प्रोटिन

क्यालोरी :- प्रति १०० ग्राम ब्रोकाउलीमा ३४ क्यालोरी

कोलेस्ट्रोल :- ० ग्राम

कार्बोहाइड्रेट :- प्रति १०० ग्राम ब्रोकाउलीमा ७ ग्राम कार्बोहाइड्रेट

फाइदा :- मुटुको लागि एकदमै फाइदाजनक, क्यान्सरविरोधक, प्राकृतिक एण्टिबायोटिक, आन्द्रा सफा गर्ने, छालालाई नरम र चम्किलो राख्ने, दाँत र हाडजोर्नीलाई मजबुत, आँखाको शक्तिमा सुधार

Broccoli is a SuperFood

८. अवोकाडो

प्रोटिन :- प्रति १०० ग्राम अवोकाडोमा २ ग्राम प्रोटिन

क्यालोरी :- प्रति १०० ग्राम अवोकाडोमा १६० क्यालोरी

कोलेस्ट्रोल :- ० ग्राम

कार्बोहाइड्रेट :- प्रति १०० ग्राम अवोकाडोमा ९ ग्राम

फाइदा :- रक्तचाप- मधुमेह- क्यान्सर- ग्यास्ट्रिक- मुटुरोगबाट राहत, मस्तिष्को विकास, आँखाको शक्तिमा सुधार, छाला बूढो हुने प्रक्रियालाई ढिलो बनाउने, गर्भवती महिलाहरूको लागि एकदमै फाइदाकारी

avocado-on-a-wooden-table

९. जौ

प्रोटिन :- प्रति १०० ग्राम जौको आँटामा २.४ ग्राम प्रोटिन

क्यालोरी :- प्रति १०० ग्राम जौको आँटामा ६८ क्यालोरी

कोलेस्ट्रोल :- ० ग्राम

कार्बोहाइड्रेट :- प्रति १०० ग्राम जौको आँटामा १२ ग्राम कार्बोहाइड्रेट

फाइदा :- मधुमेहबाट रोकथाम, महिलामा रजस्वलाको समस्याबाट राहत, मुटुरोगबाट राहत, सुगरबाट छुट्कारा, दमको अचुक औषधी, क्यान्सरविरोधक

oats

१०. कुरिलो

प्रोटिन :- प्रति १०० ग्राम कुरिलोमा २.२ ग्राम प्रोटिन

क्यालोरी :- प्रति १०० ग्राम कुरिलोमा २० क्यालोरी

कोलेस्ट्रोल :- ० ग्राम

कार्बोहाइड्रेट :- प्रति १०० ग्राम कुरिलोमा ३.९ ग्राम कार्बोहाइड्रेट

फाइदा :- बाथरोगबाट छुट्कारा, महिनावारीको समस्याबाट राहत, रक्तसञ्चारमा सुधार, रक्तचापमा नियन्त्रण, सुगरबाट राहत, गर्भवती महिलाहरूको लागि एकदमै फाइदाजनक, ग्यास्ट्रिकबाट छुट्कारा, मृगौला पत्थरीबाट राहत, मुटुरोगबाट राहत, क्यान्सरविरोधक

Asparagus-2

माथि देखाइएका सबै खानेकुराहरूको सूचीमा एउटा कुरा याद गर्नुभयो? सबैमा कोलेस्ट्रोलको मात्रा ० ग्राम छ, मतलब कुनैले पनि तपाईँको मुटुलाई बेफाइदा गर्दैन। मांसाहारी खानाको सबैभन्दा नराम्रो एउटै बेफाइदा भनेको कोलेस्ट्रोलको एकदमै बढी मात्रा हुन्छ, जसले मुटु रोग, मधुमेह, रक्तचाप जस्ता समस्या ल्याउन सक्दछ।

अर्को कुरा, ‘प्रोटिन’ले हाम्रो शारीरिक तथा मानसिक अङ्गहरूको वृद्धि‍विकासमा मद्दत गर्दछ। क्यालोरीले हामीलाई उठबस गर्नको लागि ऊर्जा दिन्छ भने कार्बोहाइड्रेटले भोक मेटाउने काम गर्दछ।

प्रतिक्रिया दिनुहोस्