‘खल्तीमा दाम’ लिएर आउँदै गायक सन्तोष खड्का



काठमाडौं । गायक सन्तोष खड्काको नयाँ म्यूजिक भिडियो सार्वजनिक हुने भएको छ। आगामी साउन २७ गते खड्काको ‘खल्तीमा दाम’ बोलको गीत भिडियोसहित सार्वजनिक हुने भएको हो।

खड्काको आफ्नै शब्द संगीत रहेको गीतमा खड्का स्वयं र प्रदिप महर्जनले आवाज दिएका छन् । भिडियोमा प्रमुख भूमिकामा टिकटक स्टार मौसम कार्की, वरिष्ठ कलाकार सारदा गिरी (काली बुडि), वरिष्ठ कलाकार लक्ष्मन विक्रम बस्नेतलगायतको अभिनय देख्न सकिन्छ।

त्यसैगरी भिडियोमा भगवान भण्डारी, मनिसा मगर, लक्ष्मण भुर्तेल, एलिना राई, विशाल कट्वाल, विशाल थापा, सुजन भुजेल, गणेश बखति, सुदनकुमार बखति, राजेन्द्र, नरेन्द्र धामी, सुजित महर्जन, विनोद खड्का लगायतका कलाकारहरुको समेत अभिनय देख्न सकिने छ। भिडियोलाई विमल ढकालले निर्देशन गरेका हुन् भने क्यामरामा राज पोखरले साथ दिएको गायक खड्काले बताए।

गायक खड्काले विभिन्न समयसामयीक विषयमा गीत लेख्ने, आफैं गाउने र कथा पनि आफैं लेख्ने गरेका छन्। यसपटक भने केही फरक गर्न खोजेको उनको भनाइ छ।

यस पटक भाग्यले साथ नदिँदा जति कोशिस गरेपनि जताततैबाट ठक्कर मात्र मिल्ने एक किशोरको पीडालाई ‘कमेडी’ मार्फत देखाउने प्रयास गरेको खड्काले बताए। यसअघि खड्काका ‘नमरि बाँचे’, ‘टुहुरो’ लगायतका म्यूजिक भिडियो सार्वजनिक भइसकेका छन्।

प्रतिक्रिया दिनुहोस्