सरकारले एकैपटक ग-याे ७६ सहसचिवको सरुवा (सूचीसहित)



काठमाडौं : सरकारले संघ अन्तर्गतका वरिष्ठ सहसचिवलाई सरुवा गरेर प्रदेश सचिवको जिम्मेवारी दिएको छ । यस सिलसिलामा सरकारले एकैपल्ट ७६ सहसचिवको सरुवा गरेको छ । 

सरुवा हुनेमा प्रशासन सेवाका ५०, कृषि सेवाका सात, नेपाल इन्जिनियरिङ सेवाका ९ र नेपाल वन सेवाका १० जना गरी ७६ जना सहसचिव प्रदेश सचिवमा सरुवा भएका छन् । 

उनीहरुलाई विशेष सुविधासहित खटाइएको छ । उनीहरुले खरिदारसरहको निजी सचिव पनि पाउने छन् ।

संघीय ममिला तथा सामान्य प्रशासन मन्त्रालयका सूचना अधिकारी जीवलाल भुषालका अनुसार बुधबारको मन्त्रिपरिषद् बैठकले वरिष्ठ सहसचिवलाई प्रदेश सचिवको रुपमा खटाउने निर्णय गरेपछि उनीहरूको सरुवा गरिएको हो ।

 

 

प्रतिक्रिया दिनुहोस्