
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कालिकोटको मान्म-८ ताडीस्थित अल्लो भाँगो प्रशोधन केन्द्र भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष नन्द प्रसाद पाण्डेसहित ३ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
भवन निर्माण कार्यमा सरकारी तथा सार्वजनिक सम्पत्तिको हिनामिना गरेको ठहर गर्दै उनीहरु विरुद्ध अख्तियारले आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो।
अख्तियारले मुद्दा दायर गरेका अन्यमा अल्लो भाँगो प्रशोधन केन्द्र कालिकोटको भवन निर्माण उपभोक्ता समिति र सोका जिम्मेवार पदाधिकारी सचिव नरेन्द्र प्रसाद पाण्डे र कोषाध्यक्ष बिनिता राना ९पाण्डे० रहेका छन्।
आर्थिक बर्ष २०७०-७१ मा सुरु भएको अल्लो भाँगो प्रशोधन केन्द्रको भवन निर्माण कार्यमा भ्रष्टाचार भएको भन्ने उजुरी परेपछि अख्तियारले अनुसन्धान सुरु गरेको थियो।
अनुसन्धान हुँदा भवन निर्माण कार्यमा झुट्टा बिल बनाई २ लाख ५१ हजार ५२९ रुपैयाँ हिनामिना भएको ठहर अख्तियारले गरेको छ। मंगलबार दायर गरिएको मुद्दामा उनीहरुसँग त्यति नै रकम बिगो दाबी गरिएको छ।