दिनभरी हाइ आएर हैरान हुनुहुन्छ? यस्तो गर्नुहोस्



एजेन्सी : थकित हुने, पट्यार मान्ने, झिँजो, झर्को मान्ने, अल्छी गर्ने यो पुस्ताको विशेषता भइसकेको छ। दिन नै सुतेर बिताउने यो आधुनिक मानिएको जमानामा कामको समयमा हाइ आउनु, अल्छी लाग्नु कुनै नौलो कुरा होइन। तर रहनसहन, खानपिन र स्वास्थ्यको कारण सिर्जनशीलता देखाउने समयमा अल्छीपना देखिँदा बुद्धिमान व्यक्तिले यसको निदानको उपाय खोज्छ।

किन अल्छी लाग्छ त ?

निन्द्रा :- निन्द्रा शरीरको आवश्यकता हो। राती राम्रोसँग निन्द्रा परेको छैन भने दिउँसो शरीरमा आलस्यता आउँछ। राती सुत्ने समय मोबाइल चलाउने नगर्नुस्। यसले तपाइको निन्द्राको गुणस्तर घटाउँछ, अर्थात् शरीरले पर्याप्त आराम पाउँदैन अनि भोलिपल्ट थकित महसुस हुन्छ। तर राम्रोसँग सुत्नुभएको छ भने पनि पट्यार लाग्ने, वा आलस्यता आउँछ, किन?

आलस्यसँग जुझ्ने केही उपाय छन् :-

१. काममा फोकस गर्न सक्नुहुन्न, हाइ मात्र आइरहन्छ भने छोटो पावर न्याप लिनुस्। अर्थात् केही मिनेटको लागि सुत्नुस्। १५-२० मिनेट टेबलमै टाउको अड्याएर सुत्नु भए हुन्छ। उठेपछि तपाइले फ्रेस अनुभव गर्नुहुनेछ।

२. स्वास्थ्यको लागि कफी पटक्कै राम्रो होइन। तर निन्द्रा र आलस्यतासंग जुझ्ने कारकार उपाय भने हो। निन्द्राले हैरान गरेको छ भने तातो कफी पिइदिनुस् तत्कालै राहत दिन्छ।

३. कुनै उपायले पनि आलस्यता भगाउँदैन भने केही बेर घर वा अफिसबाट निस्कनुस् अनि हिड्नुस। कम्पाउन्ड, आँगन वा बाटोसम्म पुग्नुस्, एक छिन टहलिनुस्। शारीरिक कर्मले शरीर खुलाउँछ, आलस्यता भगाउँछ।

४. दिनमा कति पानी पिउनुहुन्छ। यदि तपाइको पिसाबको रङ्ग पहेँलो वा त्यो भन्दा पनि गाढा छ भने शरीरमा पानीको कमी भएको छ। प्रशस्त पानी पिउनुस्। पिसाबको रङ्ग सफा वा हल्का पहेँलो छ भने शरीरमा पानी पर्याप्त भएको बुझिन्छ। पानीले शरीरमा ताजापन र स्फूर्ति कायम राख्छ।

५. प्याकेट गरिएका अनि बासी खाना खाँदा शरीरले पर्याप्त ऊर्जा पाउन सक्दैन। उल्टै ती खाना पचाउन शरीरले आफ्नो सञ्चित शक्ति खर्च गर्छ। फलतः निन्द्रा बढी लाग्ने हुन्छ। फलफुल र फ्रेस खाना खाने गर्नुस् शरीर स्फूर्त रहन्छ।

चिन्ता, तनाव र मनमा धेरै कुरा खेलाउने व्यक्ति, अर्थात् आफ्नो विचार माथि राम्रो नियन्त्रण नहुँदा शारीरिक र मानसिक थकाइ लाग्ने हुन्छ। त्यसैले बिहान सबेरै उठ्ने गर्नुस्, कसरत, व्यायाम, योगा गर्नुस्। यसले हाइ आउने समस्या मात्र होइन अन्य थुप्रै शारीरिक र मानसिक रोग पनि निको पार्दछ।

प्रतिक्रिया दिनुहोस्