स्वास्थ्य मन्त्रालयका उच्च अधिकारीको जिम्मेवारी हेरफेर (विवरणसहित)



काठमाडाै‌ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य समन्वय महाशाखाको प्रमुखको जिम्मेवारी डा.संजय ठाकुरलाई दिइएको छ। लामो समयदेखि रिक्त रहेको महाशाखाको प्रमुखको जिम्मेवारी राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक डा.संजय ठाकुरलाई दिइएको हो। केन्द्रमा भने फाजिलमा रहेकी डा.रिता भण्डारी जोशीलाई पठाइएको छ।

फाजिलमा रहेका नारायण ढकाललाई प्रदेश नम्बर एक पठाइएको छ। यसअघि उनी औषधि व्यवस्था विभागका महानिर्देशक थिए। यस्तै डा.विश्वबन्धु बगालेलाई किटजन्य रोग केन्द्र हेटौडा पठाइएको छ भने केन्द्रका प्रमुख डा.केशव पण्डितलाई मन्त्रालय तानिएको छ।

कान्ति बाल अस्पतालमा कार्यरत भवनाथ खतिवडालाई स्वास्थ्य सेवा विभागमा पठाइएको छ। उनको स्थानमा भने सूर्य प्रसाद गौतमलाई सरुवा गरिएको छ। गौतमको स्थानमा सामान्यबाट दिपक थापा र विभागका उपसचिव प्रेम काजी महजर्नलाई सामान्यमा पठाइएको छ।

प्रतिक्रिया दिनुहोस्