हेटौंडामा रवि लामिछानेको कार्यक्रमको ब्यानर च्यातिए



हेटौंडा । मकवानपुरको हेटौंडामा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले गर्न लागेको कार्यक्रमको प्रचार सामग्री तस्बिर सहितको ब्यानर च्यातिएको छ । 

हेटौंडाको बुद्धचोकदेखि सिमाचोकसम्म टाँगिएको ब्यानरहरुमा केही ब्यानरहरू च्यातिएको हो । बुधबार साँझ कार्यक्रम प्रचारको लागि टाँगिएको ब्यानर बिहीबार बिहान च्यातिएको अवस्थामा देखा परेको हो । 

ब्यानर च्यातिएको विषयमा आफुहरुलाई कुनै जानकारी नआएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिएका छन् । 

पूर्व सञ्चारकर्मी समेत रहेका लामिछाने मंसिर ४ गते हुने निर्वाचनमा लड्ने तयारी स्वरुप पछिल्लो दिनहरूमा देश दौडाह कार्यक्रममा रहेका छन् । सोही अनुसार भोलि लामिछाने हेटौंडामा हुने चुनावी लक्षित कार्यक्रमलाई सम्बोधन गर्ने बताईएको छ।

प्रतिक्रिया दिनुहोस्