प्रहरीलाई घुस दिन खोज्ने पक्राउ



काठमाडौं : प्रहरीलाई  घुस दिन खोज्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीलाई दुई हजार घुस दिन खोज्दा काभ्रे घर भई सिनामंगल बस्ने मनोज तिमल्सिना र अरुण कुमार जैसवाल पक्राउ परेका हुन् । 

उनीहरुलाई काठमाडौं महानगरपालिका ३१ ठूलो खरीबोट चोकस्थित डिउटीमा खटिएको प्रहरीलाई घुस दिन खोज्दा पक्राउ गरिएको प्रहरीले बताएको छ ।  

महानगरीय प्रहरी वृत्त वानेश्वरबाट खटिएको प्रहरीले बा ६० प ४१६८ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चालक तिमल्सिना र मोटरसाइकलमा सवार जैसवालले मादक पदार्थ सेवन गरेको अवस्थामा फेला पारी कारवाही गर्ने क्रममा उनीहरुले उक्त रकम प्रहरीलाई दिन खोजेका थिए ।

प्रतिक्रिया दिनुहोस्