सुनको मूल्य तोलामा ७ सय रुपैयाँले बढ्यो



काठमाडौं । सुनको मूल्य शुक्रबार तोलामा ७ सय रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला ७ सय रुपैयाँले बढेर ९७ हजार ३०० रुपैयाँ कायम भएको छ ।

यसअघि, बिहीबार छापावाल सुन तोलाको ९६ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, शुक्रबार तेजावी सुनको मूल्य तोलाको ९६ हजार ८०० रुपैयाँ निर्धारण भएको छ ।

बिहीबार तेजावी सुनको भाउ तोलाको ९६ हजार १०० रुपैयाँ निर्धारण भएको थियो । शुक्रबार चाँदीको मूल्य स्थिर छ । शुक्रबार चाँदीको मूल्य प्रतितोला १२ सय २५ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्