गर्मी बढेसँगै सुनसान सौराहा (तस्बीर)



चितवन : गर्मीका कारण चितवनको सौराहा सुनसान देखिन थालेको छ। वर्षात् सुरु भएसँगै पर्यटकीय क्षेत्र सौराहा सुनसान हुन थालेको हो। विगतका वर्षको तुलनामा पनि यो वर्ष निकै कम पर्यटक आएको व्यवसायीले बताएका छन्।

गत वर्ष यतिबेला दैनिक १५० भन्दा बढी पर्यटक गाडीमा आउने गर्दथे। सौराहामा असार महिना सुरु भएदेखि नै पर्यटकको सङ्ख्यामा कमी आएको हो। गाडीबाट आउने पर्यटक दैनिक ५० जनासम्म पुग्न मुस्किल भएको छ।

Image result for सौराहा सुनसान

 

प्रतिक्रिया दिनुहोस्