कृषि सामग्रीको गोदाममा रहेको ६ ट्रक मल किसानको कब्जामा



पर्सा । कृषि सामग्री कम्पनी लिमिटेडको गोदाममा रहेको ६ ट्रक रासायनिक मल पर्साका किसानले कब्जामा लिएका छन् ।

वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहलाई साथ लिएर किसानले कृषि सामग्री कम्पनी लिमिटेडको भुटनदेवीमा रहेको गोदामबाट मल नियन्त्रणमा लिएका हुन् ।

जिल्ला कृषि सहकारी संघका अध्यक्ष शिवकुमार साहले मेयर सिंहकै अगुवाइमा मल नियन्त्रणमा लिएको बताए । तर मेयर सिंहका स्वकीय सचिव सत्यराज घिमिरेले भने मेयरले नभइ किसानले नै मल नियन्त्रणमा लिएको जानकारी दिएका छन्।

भुटनदेवीमा रहेको गोदामबाट कृषि सामग्री कम्पनी लिमिटेडको प्रादेशिक कार्यालयले बाहिरी जिल्लामा मल पठाउन लागेको थाहा पाएपछि किसानले त्यो मल नियन्त्रणमा लिएका हुन् ।

पर्सामा कृषि सामग्री कम्पनी लिमिटेडको श्रीपुरमा रहेको कार्यालयबाटै मल वितरण हुँदै आएको छ । धान गोड्ने समयसम्म पनि मल नपाएपछि किसानहरु आक्रोशित छन् ।

प्रतिक्रिया दिनुहोस्