प्रदेश २ लाई कर्मचारीको साथ छ : निमित्त प्रमुख सचिव 



जनकपुरधाम : प्रदेश २ का निमित्त प्रमुख सचिव कोमल बाहादुर खत्रीले कर्मचारीले प्रदेश सरकारलाई सहयोग नगरेको भन्ने निराधार हल्ला चलाइएको बताएका छन् । द नेपालटपसँग कुरा गर्दै प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्री परिषद् कार्यालयका निमित्त प्रमुख सचिव खत्रीले कर्मचारीले साथ नदिएको भन्ने  निराधार हल्ला चलाइनु दुःख कुरा भएको बताउँदै उनले प्रदेश २ को विकासको लागि कर्मचारीको पूर्णरुपले साथ र सहयोग रहेको बताए ।

प्रदेश २ का मन्त्रालयमा रिक्त कर्मचारीको धमाधम पदस्थापना भइरहेको जानकारी दिँदै उनले केही उमेरहद नाग्नलागेका कर्मचारी प्रदेश दुईमा आउन नचाहेको बताए । उनले भने,  ‘केही एजेक्ट कर्मचारीको आफ्नो परिवारसँग बसेर काम गर्ने चाहनाले सिंहदरबार नै रोजाई हुने गरेको छ । यसको मतलव यो होइनकी सबै कर्मचारी प्रदेश २ आउनै चाहँदैनन् । खत्री यस अघि सिंहदरवारस्थित उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालयमा थिए ।’

‘मन्त्रीज्यूहरु अलि चाँडो काम गरौँ भन्नु हुन्छ,’ उनले भने, ‘चाँडोचाँडो काम गर्नु ठिक हो । तर, नियमकानुन विपरित चाही गर्नु हुन्न भन्ने हाम्रो मान्यता हो, विधिविधान पुर्याएर काम गर्नुपर्छ भन्ने हो ।’

कर्मचारीले प्रदेश २ लाई सहयोग गर्न नरुचाएको भनेर केहीले हल्ला चलाए पनि पछाडी परेको यस प्रदेशको विकासमा कर्मचारीहरु दत्तचित्तले लागिपरेको बताउँदै प्रमुख सचिव खत्रीले भने, ‘हेर्दै जानुस् मन्त्रीज्यूहरु र कर्मचारीहरुको सहकार्यले केही समयमै प्रदेश दुईले विकास निर्माणमा अरु प्रदेशलाई उछिन्छ ।’ 

 

प्रतिक्रिया दिनुहोस्