बैठकलाई लिएर राजपामा विवाद 



काठमाडौं : राष्ट्रिय जनता पार्टी (रापजा) नेपालले शुक्रबार राजनीतिक समितिको बैठक बोलाएको छ । तर, पार्टी भित्र कुनै पनि छलफल नगरी बैठक बोलाएको भन्दै राजपा पार्टीभित्रै विवाद सुरु भएको छ । 

राजपा अध्यक्ष मण्डलका संयोजक राजकिशोर यादवले आगामी कात्तिकमा गर्ने महाधिवेशन, पछिल्लो राजनीतिक अवस्था र पार्टीको आगामी कार्यदिशाबारे छलफलका लागि आउादो शुक्रबार र शनिबार पार्टी केन्द्रीय कार्यालय बबरमहलमा बैठक बोलाएको जानकारी दिएका  हुन् । राजपाका सह-महासचिव सञ्जय यादवका अनुसार बैठक दिउँसो १ बजेदेखि सुरु हुने छ । 

‘राजपामा २१ वटा महासचिव र एक सय ३३ पदाधिकारीहरु छन् । त्यसमध्ये एक नेताले  बाह्य शक्तिको इशारामा प्रायोजित ढंगले खैलाबैला मच्याउन खोजिरहनु भएको छ ।’ सह-महासचिव यादवले द नेपालटपसँग कुरा गर्दै भने, ‘यो कुरा पार्टीको मर्यादा र हित विपरित हो । त्यसैले पार्टीका सम्पुर्ण नेता, कार्यकर्तालाई यस्तो भ्रममा नपर्न अनुरोध गर्दछु ।’ 

त्यसोत पार्टी अध्यक्ष मण्डलका संयोजक यादवले राजनीतिक समितिको बैठक बोलाएकोमा एक महासचिवले आपत्ति जनाएको सहमहामन्त्री यादवले बताए । पार्टीमा कुनै छलफल नै नगरिकन राजनीतिक समितिको बैठक बोलाएको भन्दै पार्टीका महासचिव केशव झाले आपत्ति जनाएको सह-महासचिव यादवले द नेपालटपलाई जानकारी दिए । 

उनले भने, ‘बैठक बोलाउनुको मुख्य कारण महाधिवेशन प्रक्रियालाई अहिले अवरुद्ध छ भने पार्टीका केही नेताहरुको भनाइ पार्टी एकीकरणमा जानुपर्छ भन्ने पनि छ । यस विषयमा देखिएको दुविधा हटाउँदै आधिकारीक धारणा राख्न संयोजक यादवले बैठक राजनीतिक समितिको बैठक बोलाउनु भएको हो ।’ 

राजपाका महासचिव केशव झाले संयोजक यादवले बोलाएको राजनीतिक समितिको बैठकप्रति असन्तुष्टि जनाउँदै सञ्चारकर्मीलाई भने, ‘संयोजक यादवले एकलौटीरुपमा पार्टीलाई चलाउन खोज्नुभएको छ । राजनीतिक समितिको बैठक बोलाउनका लागि सर्वप्रथम अध्यक्षमण्डलको बैठकमा सहमति हुनुपर्ने हो ।’

‘केही मिडियाले पार्टीका महासचिव केशव झालाई कोर्ड गरेर समाचारहरु आएका छन् । तर, हामीले उहाँ सँग यस विषयमा आधिकारी कुरा गरेका छैनौ । महासचिव झाले बैठक  विविध सम्वत नबोलाएको भन्ने धारणा आएको छ ।’ उनले भने, ‘यस विषयमा पार्टी संयोजक यादव लगायत नेताहरुको गम्भीर ध्यानाकर्षण भएको छ ।’

‘पार्टीको मयार्दा, निति विपरित बाहिर सार्वजनिक रुपमा पार्टीको संयोजकले बोलाएको बैठकलाई प्रश्न उठाउनु जायज होइन् । जे कुरा गर्ने होक पार्टीको बैठकमा राख्न सकिन्छ ।’ उनले थप्दै भने, ‘उहाँले बाहिर कसरी यस्तो बोल्नुभयो त्यसको जवाफ भोलि दिनुपर्छ ।’

यस विषयमा संयोजक यादवसँग कुरा भइसकेको बताउँदै उनले भने, ‘हामिले यस विषयमा कुरा राखि सकेका छौ । अब यस विषयलाई उहाँले कसरी लिनुहुन्छ त्यो हेर्न बाँकी छ ।’

 

प्रतिक्रिया दिनुहोस्