इजरायलले कृषिमा १ हजार नेपाली कामदार लैजाने



काठमाडौं । इजरायलले कृषि क्षेत्रमा १ हजार नेपाली कामदार लैजाने तयारी गरेको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवर र इजरायलका राजदुत खनान गोदेरबीच शिष्टाचार भेटवार्तामा इजरायलले १ हजार नेपाली कामदार लैजाने तयारी गरेको जानकारी दिएको छ ।

राजदुत गोदेर मन्त्री कुँवरलाई भेट्न सोमबार मन्त्रालय आएका बेला उनले यस्तो जानकारी गराएका हुन् ।

उनीहरुबीच विशेष गरी २ देशबीचको श्रम सम्झौता बारे छलफल भएको छ। छलफलमा मन्त्री कुँवरलाई राजदुत गोदेरले हिजो मात्रै इजरायल सरकारले थप १ हजार नेपाली कामदार कृषी कामको लागि लैजाने विषयमा टुंगो लगाएको कुरा जानकारी गराएको थियो।

त्यस्तै उनले यसअघि सहायक कामदारको लागि ९ हजार ६९९ जनाले निवेदन दिएकोमा १ हजार १४७ जना कामदार छनोट भएर इजरायल जाने तयारीमा रहेको पनि जानकारी गराएको थियो ।

भेटमा मन्त्री कुँवरले गोदेरलाई नेपाली जनतालाई इजरायल सरकाले उपलब्ध गराएका सबै प्रकारका सहयोगका लागि धन्यवाद दिए । साथै उनले आगामि दिनमा पनि इजराय सरकारले नेपालका कृषी, पर्यटन, उद्योग लगायतका विभिन्न क्षेत्रमा सहयोग गर्न अनुरोध गरेको छ ।

मन्त्री कँवरले श्रम मन्त्रालयले भर्खरै विदेशबाट फर्किएका नेपाली कामदारको लागि पून एकिकरणको नीति पारित गरेकाले यसमा इजरायलका लगानी कर्तालाई सहयोग गर्न पनि आग्रह गरेको छ।

त्यस्तै उनले अहिले थुपै नेपालीले इजराय जान चाहेकाले छिटोभन्दा छिटो उनीहरुलाई इजरायल लैजाने वातावरण बनाइ दिन राजदुत गोदेरलाई अनुरोध गरे।

प्रतिक्रिया दिनुहोस्