मधेश प्रदेश सरकारले गर्‍यो धर्ना कार्यक्रम स्थगित



जनकपुरधाम । प्रहरी समायोजन माग गर्दै संघीय सरकारविरुद्ध मधेश प्रदेश सरकारले थालेको धर्ना कार्यक्रम स्थगित भएको छ। अब चुनावपछि बन्ने सरकारले प्रहरी समायोजन गर्छ भन्ने प्रधानमन्त्री शेरबहादुर देउवाको आश्वासनपछि धर्ना कार्यक्रम स्थगन गरिएको मुख्यमन्त्री लालबाबु राउतले बताए।

प्रहरी समाजयोजनको अधिकार नदिएको भन्दै मधेश प्रदेशका मुख्यमन्त्री राउतसहित मन्त्रीहरू धर्नामा बसेका थिए। प्रदेश प्रमुख हरिशंकर मिश्रले चुनावपछि प्रहरी समायोजन गर्ने सरकारले प्रतिबद्धता गरेको धर्नास्थलमा आयोजित पत्रकार सम्मेलानमा जानकारी गराए।

संघीय संरचनाअनुसार प्रहरी समायोजन गर्न ऐन बनाएको साढे दुई वर्ष बितिसक्दा पनि प्रक्रिया अघि नबढाइएको भन्दै मधेस प्रदेश सरकारले संघविरुद्ध आन्दोलन सुरु गरेको थियो।

प्रतिक्रिया दिनुहोस्