खैरो हिरोईन सहित १ जना पक्राउ



हेटौंडा । मकवानपुर प्रहरीले लागु औषध खैरो हिरोईनसहित १ जनालाई पक्राउ गरेको छ। प्रहरीले हेटौंडा-१० न्युरेनीबाट ३ ग्राम ५ सय मिलिग्राम ब्राउन सुगर सहित हेटौंडा-३ का १९ वर्षीय राजेन्द्र कामीलाई पक्राउ गरेको हो।

शंकास्पद अवस्थामा हिडिरहेका उनलाई नियन्त्रणमा लिएर खानतलास गर्दा पाएन्टको खल्तीमा सेतो प्लास्टिकमा बेरेर चुरोटको बट्टाभित्र भित्र लुकाएर राखेको अवस्थामा खैरो हिरोईनसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। राजेन्द्रमाथि आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्