५ केजी गाँजासहित धनकुटाबाट १ युवक पक्राउ



धनकुटा । प्रहरीले धनकुटा नगरपालिका–९ मुलघाटबाट ५ किलो गाँजासहित एक युवक पक्राउ परेका छन्। साँगुरीगढी गाउँपालिका ९ बस्ने २० वर्षीय सनिल राईलाई प्रहरीले पक्राउ गरेको हो।

प्रहरी चौकी मुलघाटबाट खटिएको प्रहरी टोलीले चेकिङका क्रममा कालो रङको झोलाभित्र लुकाइराखेको उक्त परिमाणको गाँजा बरामद गरेको प्रहरीले जनाएको छ।

पक्राउ परेका राई सवार प्रदेश नम्बर १–०२–०४४ प ३४१६ नम्बरको मोटरसाइकलसमेत प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया दिनुहोस्