गुल्मीमा १ सातादेखि हराएकी वृद्धा मृत फेला



गुल्मी । गुल्मीमाको मुसिकोट नगरपालिका-१ पौदीमा १ वृद्धा मृत फेला परेकी छन्। मृत फेला पर्नेमा ७९ वर्षीया सेतीदेवी पछाइको भएको खुलेको छ।

जिल्लाको इश्मा गाउँपालिका-१ हस्तिचौरको बसेनी सामुदायिक वनमा शव फेला परेपछि स्थानीय वासिन्दाले प्रहरीलाई खबर गरेका थिए। जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार शव सडेको अवस्थामा फेला परेको छ। शव पोस्टमार्टमका लागि गुल्मी जिल्ला अस्पताल ल्याइएको छ।

प्रतिक्रिया दिनुहोस्