प्रदीप गिरिको अन्तिम बिदाइ गर्दै नेताहरु (फोटो फिचर)



काठमाडौं । नेपाली कांग्रेसका दिवगंत नेता प्रदीप गिरिको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिएको छ । शनिबार राति निधन भएका गिरीप्रति श्रद्धाञ्जली व्यक्त गर्न पार्टी कार्यालयमा उनको पार्थिव शरीर राखिएको हो।

आइतबार दिउँसो २ बजेसम्म पार्टी कार्यालयमा पार्थिव शरीर राखिने र त्यसपछि पशुपति आर्यघाटका लागि शवयात्रा सुरु गरिने कांग्रेसले जनाएको छ । 

सानेपामा पुगेर कांग्रेससहित सबै राजनीतिक दलका शीर्षनेता सानेपा पुगेर गिरिप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । यसअघि मेडिसिटी अस्पातल पुगेर पनि नेताहरूले गिरीप्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए । 

कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाल समाजवादी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले पार्थिव शरीरमा पुष्पगुच्छा चढाएर श्रद्धाञ्जली व्यक्त गरेका छन्। 

साथै नेताहरू रामचन्द्र पौडेल, पूर्णबहादुर खड्का, सीतादेवी यादव, वामदेव गौतम, डा.प्रकाशशरण महत, देव गुरुङले पनि पुष्पगुच्छा चढाएर श्रद्धाञ्जली दिएका छन् ।

अन्तिम श्रद्धाञ्जलीका लागि अहिले गिरिको पार्थिव शरीर सानेपामै राखिएको छ र नेता तथा शुभचिन्तकहरु जाने क्रम चलिरहेको छ । सानेपा र मेडिसिटी अस्पतालमा नेता गिरिप्रति श्रद्धाञ्जली दिन पुगेका नेताहरू

प्रतिक्रिया दिनुहोस्