हत्या अभियोगमा लामा पक्राऊ



काठमाडौं  : ज्यान मार्ने उद्योगमा संलग्न रहेको अभियोगमा  सिन्धुपाल्चोक लिशंखु पाखर गाउँपालिका१ घर भएका १९ वर्षीय मनोज लामा पक्राउ परेका छन् । 

गत असार ३१ गते राति काठमाडौं महानगरपालि– ४ धुम्बाराही सुकेधारामा काठमाडौं हेपाली हाईट बस्ने मोरङ कानेपोखरी गाउँपालिका(६ घर भएका ३६ वर्षीय दिपक तामाङलाई टाउकोमा गहिरो चोट लागि बेहोस भएको अवस्थामा प्रहरीले फेला पारेको थियो ।

सो घटनाको अनुसन्धान गर्ने क्रममा घटनामा संलग्न रहेको अभियोगमा लामालाई महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले पक्राउ गरेको जनाईएको छ । 

 

प्रतिक्रिया दिनुहोस्