नेपालका तीन खेलाडी आइसिसी टी-२० बरियतामा



अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) ले  हरेक महिना सार्वजनिक गर्ने विश्व बरियतामा नेपाली राष्ट्रिय टिमका कप्तान पारस खड्काले अलराउन्डरतर्फ ४१ औं स्थानमा आफूलाई उभ्याएका छन्। 

 

नयाँ टी-२० बरियतामा नेपालका ३ खेलाडीले शीर्ष १०० भित्र स्थान बनाए। बरियतामा नेपालका कप्तान पारस खड्का, सोमपाल कामी र वसन्त रेग्मी शीर्ष १०० भित्र अटाएका छन्। बरियतामा विश्वकै व्यस्त बलर सन्दीप लामिछाने भने अटाउन असफल भए। 

 

व्याटिङतर्फ कप्तान पारस खड्का एक स्थानमाथि उक्लिँदै ९३ औँ स्थानमा रहँदा यसअघि शीर्ष १०० मा अटाउन सफल शरद भेषवाकर भने यो पटक अटाउन असफल भए। त्यस्तै टी-२० क्रिकेटको बलिङतर्फ सोमपाल कामी दुई स्थान तल झर्दै ९४ औँ स्थानमा पुगेका छन् भने वसन्त रेग्मी एकस्थान तल झर्दै ७५ औँ स्थानमा रहेका छन्। टी-२० क्रिकेटको अलराउण्डरतर्फ पारस दुई स्थान तल खस्किएका छन्।

 

 नयाँ बरियतामा पारस ४१ औँ स्थानमा रहेका छन्। अलराउण्डरतर्फ सोमपाल कामी ३ स्थान तल झर्दै ६४ औँ स्थानमा रहेका छन्। टि-२० बरियताको व्याटिङमा बाबर आजम, बलिङमा रसिद खान र अल राउण्डरमा ग्लेन म्याक्सवेल शीर्षस्थानमा छन्।

 

प्रतिक्रिया दिनुहोस्