नेरिक एकेडेमीले खुवायो दर , नचायो सबैलाई



काठमाडौं : बानेश्वरमा अवस्थित नेरिक एकेडेमीमा आज तीज विशेष कार्यक्रम सम्पन्न भएको छ। हिन्दु नारीहरूको महान् पर्व हरितालिका तीजको अवसरमा नेरिक एकेडेमीले दिदीबहिनी तथा अभिभावक सम्मानमा तीजको शुभकामना आदानप्रदान सहित दर खुवाउने विशेष कार्यक्रम आयोजना गरेको थियो।

नेरिक एकेडेमीद्वारा आयोजित उक्त कार्यक्रममा विशेष अतिथिमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ थिए। उक्त कार्यक्रममा बोल्दै महासेठले सम्पूर्ण दिदीबहिनीहरूलाई तीजको शुभकामना दिएका थिए।

तिजको बारेमा बताउँदै उनले भने नेपालमा मात्र नभई विश्वमा रहेका हिन्दु महिलाहरूले मनाउने महान पर्व हो। यो पर्व महाभारत र रामायण काल देखिनै मनाउँदै आएको एउटा महान पर्व रहेको बताए। तर अहिले यो एउटा देखासिकिको पर्व बनेकोमा दु:ख प्रकट गरे।

उनले बालबालिकालाई शिक्षाबाट वञ्चित रहनु नपरोस भनेर सरकारले विभिन्न नीति नियम बनाएर अगाडि बढिरहेको जानकारी दिए। अन्त्यमा उनले विगतका वर्षमा नीति नियम बने तर अब आउँदो वर्षमा विकासका काम गर्ने बताए।

प्रतिक्रिया दिनुहोस्