मनसुनी न्यूनचापीय रेखा औसत स्थानमा, देशभर मेघगर्जनसहित वर्षा



काठमाडौं : देशको पश्चिमी भूभागमा सामान्यदेखि पूर्ण बदली भई केही स्थानमा मेघ गर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम खालको वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

आइतबार दैनिक बुलेटिन जारी गर्दै महाशाखाले मध्य तथा पूर्वी भुभागमा सामान्य बदली भई केही स्थानमा हल्का वर्षा भइरहेको जनाएको छ ।

मनसुनी न्यूनचापीय रेखा औसत स्थानभन्दा केही दक्षिण तर्फ रहेको कारण मनसुनी न्यून चापीय रेखा औसत स्थान देखाइएको छ ।

आगामी तीन दिनको मौसम 

भदौ १५ गते (आइतबार)

दिउँसो : देशको पश्चिमी भूभागमा सामान्य बदली साथै मध्य तथा पूर्वी भूभागमा आंशिकदेखि सामान्य बदली रही पश्चिमका केही स्थानहरुमा साथै पूर्व र मध्यका थोरै स्थानहरुमा मेघ गर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा हुनेछ ।

राति : देशभरी आंशिकदेखि सामान्य बदली रही पूर्व र मध्यका थोरै स्थानहरुमा तथा पश्चिमका केही स्थानहरुमा मेघ गर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा हुनेछ ।

भदौ १६  गते (सोमबार)

दिउँसो : देशभरी आंशिकदेखि सामान्य बदली रही थोरै स्थानहरुमा मेघ गर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा हुनेछ ।

राति : देशभरी सामान्य बदली रही पश्चिमका थोरै स्थानहरुमा साथै पूर्व र मध्यका केही स्थानहरुमा मेघ गर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा हुनेछ ।

भदौ १७  गते (मंगलबार)

दिउँसो : देशभरी आंशिकदेखि सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा हुनेछ ।

राति : देशभरी सामान्य बदली रही पश्चिमका धेरै स्थानहरुमा साथै मध्य तथा पूर्वका केही स्थानहरुमा मेघ गर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा हुनेछ । पश्चिमका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहन्छ ।

देशभरी सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्टयाङ्गसहित वर्षा हुने भएकोले सामान्य सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । 

 

प्रतिक्रिया दिनुहोस्