दसैंका लागि साढे ५ करोडका खसीबोका



काठमाडौं । सरकारको पूर्ण स्वामित्व रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यस दसैंका खसीबोका र च्याँग्रा खरिद गर्न ५ करोड ४० लाख रुपैयाँ प्रस्ताव गरेको छ । कम्पनीको सञ्चालक समितिमा दसैंमा खसीबोका र च्यांग्रा गर्ने ५ करोड ४० लाख रुपैयाँ विनियोजन गर्न प्रस्ताव गरेको हो ।

खाद्य व्यापार कम्पनीले दसैंमा बजार मूल्य नियन्त्रण गर्न बर्सेनि काठमाडौं उपत्यकामा खसीबोका र च्यांग्रा ल्याएर बिक्री गर्दै आएको छ । दसैंको समयमा काठमाडौं उपत्यकामा मासुको खपत धेरै नै हुने हुँदा निजी क्षत्रेले बजारमा मनपरी मूल्य लिएर उपभोक्ता नठगियून् भन्ने उद्देश्यले कम्पनीले दसैंमा खसीबोका र च्यांग्रा बिक्री गर्दै आएको छ ।

कम्पनीले विभिन्न जिल्लाका किसानले उत्पादन गरेका खसीबोका सङकल गरी ल्याउने गरेको छ । कम्पनीको सञ्चालक समितिको बैठकबाट खसीबोकाको मूल्य निर्धारण गरिन्छ । समितिले निर्धारण गरेको मूल्यको प्रतिकेजीमा १० रुपैयाँ छुट गरेर उपभोक्तालाई बिक्री गर्नेछ ।

कम्पनीका नायव महाप्रबन्धक श्रीमणी खनालले यसवर्षको दसैंका लागि खसीबोका २ हजार र च्याँग्रा १ खरिद गर्ने तयारी कम्पनीले गरेको जानकारी दिए । यस्तै उनले दसैका लागि सहुलियत खाद्य पसल सञ्चालन गर्न कम्पनीले आन्तरिक तयारी गरी रहेको बताए । कम्पनीको सञ्चालक समितिको निणर्य पछि विगतका वर्ष जस्तै यसपटक पनि कम्पनीको विभिन्न खाद्य डिपोबाट सहुलियतमा खाद्य सामग्री बिक्री वितरण सूरु गर्ने नायव महाप्रबन्धक खनालले जानकारी दिए ।

नायव महाप्रबन्धक खनालका अनुसार जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्लाको कृषि, खाद्य र पशुचिकित्सक सहभागी प्राथमिक खरिद समिति गठन गरिन्छ । सो समितिले विभिन्न जिल्ला वरपर चलेको मूल्यको आधार किसानले उत्पादन गरेका खसीबोकाको मूल्य तय गरीन्छ ।

प्रमुख जिल्ला अधिकारीले मूल्य तय गर्ने र खसीबोकाको स्वास्थ्यको मापदण्ड अनुसार पशुचिकित्सक चेक जाँच हुन्छ । पशुचिकित्सकले खसीबोकाको स्वास्थ्य चेकजाँच गर्दा स्वास्थ्यको मापदण्डका पुगेका खसीबोका मात्र खरिद हुन्छ । कम्पनीले घटस्थापनाको एकसाता अघि जिल्लस्थित खाद्यको डिपोले खसीबोका बिक्री गर्न किसानलाई आह्वान गर्ने गर्दछ । कम्पनीको थापाथलीस्थित प्रादेशिक बिक्री केन्द्रबाट घटस्थापनाको दिनदेखि खसीबोका बिक्री सुरु गर्ने गर्दछ ।

गतवर्षको दसैंमा कम्पनीले २ हजार खसीबोका लागि ३ करोड २० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । चिनीया नाका बन्दा हुँदा अघिल्लो दसैंमा कम्पनीले च्यांग्रा भने ल्याएको थिएन । व्यापार कम्पनीले २०७७ को दसैंमा १ हजार ५ सय १० वटा खसी बोका ल्याएको थियो । दसैंमा १६ सय खसीबोका र १४ सय च्यांग्रा बिक्री गर्ने योजना बनाएको भए पनि १ हजार ५ सय १० वटा मात्र खसीबोका ल्याएर बिक्री गरेको थियो । सो दसैंका लागि ५ करोड ९९ लाख ८४ हजार रुपैयाँमा खासीबोका र च्यांग्रा ल्याउन बजेट छुट्याएको थियो ।

१६ सय वटा खसीबोका ल्याउने योजना बताइएको थियो भने १४ सय च्यांग्रा ल्याउने योजना बताइएको थियो । १६ सयवटा खासीबोका ल्याउन २ करोड ६१ लाख २० हजार रुपैयाँ छुट्याएको थियो । यसैगरी, १४ सय वटा च्यांग्रा ल्याउन कम्पनीले ३ करोड ३८ लाख ६४ हजार रुपैयाँ बजेट छुट्याएको थियो ।

प्रतिक्रिया दिनुहोस्