एक करोड २६ लाख नेपाली रुपैयाँसहित पाँच चिनियाँ नगरिक पक्राउ   



काठमाडौं : प्रहरीले एटीएमबाट अनधिकृत रुपमा पैसा निकाल्ने ५ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । 

शनिबार राति दरबारमार्गस्थित नविल बैंकको एटीएमबाट पैसा निकाल्दै गरेको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुको नाम खुलाइएको छैन भने उनीहरुलाई महानगरीय प्रहरी परिसर टेकुमा राखिएको प्रहरीले जानकारी दिए । 

पक्राउ परेका उनीहरुको साथबाट प्रहरीले १ करोड २६ लाखभन्दा बढी नेपाली र ९ हजारभन्दा बढी अमेरिकी डलर बरामद गरेको छ । 

आइतबार दिउँसो पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक गर्ने काठमाडौं प्रहरी परिसरकाले जानकारी दिएको छ । 

प्रतिक्रिया दिनुहोस्