‘नेताहरु सत्ताको मातमा हिजोका श्री ५ जस्ता देखिन थाले’



काठमाडौं : नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य किरणले वर्तमान सरकारले जनताको जनजीविकाको सवाललाई सम्बोधन गर्न नसक्ने भन्दै सबै कम्युनिष्ट पार्टीहरु मिलेर संघर्ष गर्नु पर्ने बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले काठमाडौंमा गरेको चियापान कार्यक्रममा बोल्दै महासचिव वैद्यले सरकार विरुद्ध कार्यगत एकता गरेर भए पनि संघर्ष गर्नु पर्ने बताए ।

बर्तमान सरकारको ८ महिनाको कार्य प्रगतिले जनताका समस्यामा उदाशीन बनेको भन्दै अध्यक्ष वैद्यले सबै क्रान्तिकारी एक ठाउँमा आउन आह्वान गरे । सरकारमा गएका नेताहरु सत्ताको मातमा हिजोका श्री ५ जस्ता देखिन थालेका वैद्यको आरोप छ । 

उनले जनताका जनजीविकाको सवाल आन्दोलन मार्फत उठाउन सबै कम्युनिष्ट शक्ति एक ठाउँमा आउनु पर्ने आवश्यकता पनि औँल्याए।

प्रतिक्रिया दिनुहोस्