पाकिस्तानमा बाढीले १८ अर्ब डलर बराबरको क्षति



काठमाडौं । पाकिस्तानमा अभूतपूर्व बाढीका कारण १८ अर्ब डलर मूल्य बराबरको नोक्सानी भएको छ सरकारले जनाएको छ। यसअघि बाढीबाट साढे १२ अर्ब डलर मूल्य बराबरको आर्थिक क्षति भएको अनुमान गरिएको थियो । बाढीपछि कृषिको उत्पादनमा गम्भीर असर गरेको छ।

बाढीले ८ दशमलब २५ मिलियन एकडमा लगाइएको बाली नष्ट गरेको छ। बाढीले कपास, धान र साना बालीलाई नराम्ररी क्षति पुगेको छ भने पानीको उचित व्यवस्थापन नहुँदा गहुँ उत्पादनमा गम्भीर समस्या आउन सक्ने अनुमान गरिएको छ।

पाकिस्तानमा वर्षापछिको बाढीले बाढीले एक तिहाई भूभाग जलमग्न छ। यो बाढी एक दशक पछिकै विनाशकारी भएको जनाइएको छ। बाढी प्रभावित पाकिस्तानलाई सहयोग गर्न राष्ट्रसंघले आह्वान गरेको छ। अहिलेसम्म चीन, बेलायत, क्यानडालगायतका देशले सहयोग प्रदान गरेका छन्।

प्रतिक्रिया दिनुहोस्