
बर्दिया । मधुवन नगरपालिका-४ बेल्वमा चितुवाको आक्रमणमा परी एकजना पुरुष गम्भीर घाइते भएका छन्।
इलाका प्रहरी कार्यालय ढोढरीले जनाए अनुसार मधुवन नगरपालिका-४ बेल्वाका ५६ वर्षीय हरिहर सापकोटा शनिबार बिहान चितुवाको आक्रमणमा परी घाइते भएका हुन् ।
उनको बाँकेको नेपालगञ्ज मेडिकल कलेजमा उपचार भइरहेको छ । सापकोटाको पाखुरा तथा शरीरका अन्य भाग गहिरो घाउ रहेको प्रहरीले जनाएको छ।