एसिया कपको फाइनलमा आज पाकिस्तान र श्रीलंका भिड्दै



काठमाडौं । एसिया कपको फाइनल खेलमा आइतबार पाकिस्तान र श्रीलंकाबीच प्रतिस्पर्धा हुँदै छ। दुबईस्थित क्रिकेट रंगशालामा हुने खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजे सुरु हुनेछ।

यसअघि एसिया कपको सुपर फोरअन्तर्गतको खेलमा पाकिस्तानले भारत र अफगानिस्तानलाई पराजित गरेको थियो भने श्रीलंकासँग हारेको थियो। श्रीलंकाले भने सुपर फोरको सबै खेलमा जित हात पारेको थियो।

पछिल्ला पाँच खेलमा श्रीलंकाले चार खेलमा जित हात पारेको छ भने एक खेल मात्र पाकिस्तानले जितेको छ।

प्रतिक्रिया दिनुहोस्