केपी ओली भन्छन् : एमालेको सरकार नबने देश बर्बाद हुन्छ 



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा एमालेले जित्न नसके देश बर्बाद हुने ठोकुवा गरेका छन् ।

सोमबार नेपाल बुद्धिजीवी परिषदको प्रथम मधेस प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै ओलीले ‘समृद्ध नेपाल र सुखी नेपाली’ बनाउने उद्देश्य पूरा गर्नका लागि एमाले नेतृत्वको सरकार बन्नुपर्ने बताएका हुन् ।

पछिल्लो १४ महिनामा गठबन्धनले देशलाई बर्बादीतिर लगेको आरोप लगाउँदैँ अध्यक्ष ओलीले गठबन्धनलाई अर्को ५ वर्ष दिन नहुने उल्लेख गरेका छन् ।

ओलीले भगाडि भने ‘एमाले सरकारमा जानका लागि होइन, देश बचाउन, विकास गर्न, सबै ठाउँमा बस्ने जनताको सद्भाव र एकताका लागि एमालेले जित्नुपर्छ, । शिक्षा, स्वास्थ्य, रोजगारीका अवसर सिर्जना गर्ने, कृषिको आधुनिकीकरण गर्ने योजना एमालेले नै अघि सारेको ओलीको दाबी छ ।

गठबन्धनले सबैको भोट संकलन गरेर बहुमत पुर्‍याउने खेल खेलिरहेको आरोप लगाउँदै अध्यक्ष ओलीले ५ दलीय गठबन्धन देश र जनताका लागि नभएर तिनै दलका नेताहरूका लागि केन्द्रित रहेको जिकिर गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्