भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य



काठमाडौं । भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । भारतीय आयल कर्पोरेसन आईओसीलेबाट (शुक्रबार) आज मूल्य घटेर आएको हो ।

नेपाल आयल निगमलाई आईओसीले घटेको मूल्यसूची पठाएको छ । आजबाट लागू गरी पठाइएको नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर ६.५५ रूपैया घटेको छ ।

निगमलाई पेट्रोल बिक्रीबाट प्रतिलिटर ८ रूपैयाँ फाइदा हुने भएको हो । भने डिजेलको प्रतिलिटर ४४ पैसा घटेर आएको हो । हाल निगमले पेट्रोल प्रतिलिटर १८१ रुपैयाँ र डिजेल १७८ प्रतिलिटर बिक्री गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्