कांग्रेस महामन्त्री थापालाई डेंगी



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई डेंगी भएको छ । बुधबार साँझ ज्वरो आएपछि परीक्षण गर्दा डेंगी पोजेटिभ आएको थापाको सचिवालयले जनाएको छ ।

उनी अहिले घरमै आराम गरिरहेका छन् । शुक्रबार आज भने ज्वरो केही कम भएको बताइएको छ । ज्वरो आउने र टाउको दुख्ने समस्यापछि थापाले ज्ञानेश्वरस्थित सहरी स्वास्थ्य प्रबर्द्धन केन्द्रमा परीक्षण गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्