अछाममा भीषण बाढीपहिरो : ४ जनाको मृत्यु, ७ जना बेपत्ता



काठमाडौं । अछाममा पहिरोले घर पुरिंदा ४ जनाको मृत्यु भएको छ। ७ जना बेपत्ता भएका छन्। जिल्लाको तुर्माखाद गाउँपालिका–५ काँडामा पहिरोले दुई वटा घर पुरिंदा ४ जनाको मृत्यु भएको र सात जना बेपत्ता भएको प्रहरीले जनाएको छ।

३ दिनदेखिको निरन्तरको वर्षापछि अछामका विभिन्न स्थानमा पहिरो आएको छ। तुर्माखाँद, ठाँटीकाँध र ढकारीमा शुक्रबार रातिको पहिरो गएको छ। तुर्माखाँदमा पहिरोमा परी ७ जना बेपत्ता भएका छन् भने दुई घर पहिरोले बगाएको छ।

तुर्माखाँदमै चार जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। अहिले पनि वर्षा भइरहेकाले उद्धार तथा खोजीमा समस्या भएको सहायक प्रमुख जिल्ला अधिकारी दिपेश रिजालले बताए।

पहिरो खसेका स्थानमा उद्धार र खोजी कार्यका लागि प्रहरी परिचालन गरिएको छ। पहिरोकै कारण विभिन्न स्थानमा सडक अवरु्द्ध भएका छन् भने सडक सञ्चार सम्पर्क टुटेको छ ।

प्रतिक्रिया दिनुहोस्