डा.केसी काठमाडौं आउन नमानेपछि सेनाको स्काई ट्रक रित्तै फर्कियो



धनगढी । स्वास्थ्य सेवा सुधारका माग राखेर बिगत ९ दिनदेखि अनशनमा रहेका डा.गोविन्द केसीले उपचारका लागि काठमाडौं जान अस्वीकार गरेका छन् । डा.केसीले काठमाडौं नजाने अडान लिएपछि उनलाई लिन गएको नेपाली सेनाको स्काई ट्रक धनगढीबाट फर्केको छ ।

कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापा तथा सेती प्रादेशीक अस्पतालका चिकित्सकको टोलीले केसीलाई उपचारका लागि काठमाडौं जान आग्रह गरेको थियो । आफूलाई जटिल समस्या नभएकाले जबर्जस्ती नगर्न केसीले पटक पटक आग्रह गरेपछि नेपाली सेनाको स्काई ट्रक काठमाडौं फर्केको हो ।

उनी उपचाररत सेती प्रादेशिक अस्पतालका चिकित्सकले डा।केसीको पेटमा कडा खालको अल्सरको लक्षण देखिएको भनेपछि सेनाको स्काई ट्रकमार्फत काठमाडौं पठाउने तयारी गरिएको जिल्ला प्रशासनले कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए ।

प्रतिक्रिया दिनुहोस्