पाकिस्तानमाथि इंग्ल्यान्डको सहज जित



काठमाडौं ।  घरेलु टोली पाकिस्तानलाई तेस्रो खेलमा ६३ रनले पराजित गर्दै इंग्ल्यान्डलेटी-२० आई क्रिकेटमा २-१ को अग्रता बनाएको छ। २ सय २२ रनको विशाल लक्ष्य पछ्याएको पाकिस्तान २० ओभरमा ८ विकेट गुमाएर १ सय ५८ रनमा समेटियो। 

पाकिस्तानका  शान मसुदले सर्वाधिक ६६ रन बनाए। यस्तै, खुसदिल शाहले २९ रनको योगदान गरे। इंग्ल्यान्डका मार्क उडले ३विकेट लिए। त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको इंग्ल्यान्डले २० ओभरमा ३ विकेट गुमाएर २ सय २१ रन बनाएको थियो।

उसका बेन डुकेटले ७० तथा  ह्यारी ब्रुक्सले ८१ रन बनाए। यस्तै, विल ज्याक्सले ४० रनको योगदान गरे। पाकिस्तानका  उस्मान कादिरले २ विकेट लिए।

 

प्रतिक्रिया दिनुहोस्