रुसको विद्यालयमा गोली चल्यो, १३ जनाको मृत्यु



एजेन्सी । रूसको इजेभ्स्क शहरको एक विद्यालयमा भएको गोलीकाण्डमा ७ जना बालबालिकासहित १३ जनाको मृत्यु भएको छ ।

रुसी अनुसन्धान निकायलाई उद्धृत गर्दै रुसी समाचार संस्था तासले जनाएअनुसार मध्यपश्चिमी रुसको उडमुर्त गणतन्त्रको राजधानी इजेभ्स्कको शहरी प्रशासन भवन नजिकै अवस्थित सोमबार विद्यालयमा भएको आक्रमणमा १३ जनाको मृत्यु भएको हो । घटनामा १४ जना बालबालिका र अन्य ७ जना घाइते भएका छन् ।

यसअघि स्थानीय प्रशासनले दिएको जानकारीमा गोली लागी नौ जनाको मृत्यु हुनुका साथै अन्य २० जना घाइते भएको बताइएको थियो ।

आक्रमणकारीले आत्महत्या गरेको र उसको शव फेला परेको र उसले नाजी चिन्ह अङ्कित कालो टि-सर्ट र मास्क लगाएको भेटिएको रूसी प्रहरीले जनाएको छ । आक्रमणकारीसँग कुनै कागजात नभएकाले पहिचान अस्पष्ट रहेको तासले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्