२५६ अर्ब आन्तरिक ऋण उठाउँदै नेपाल राष्ट्र बैंक



काठमाडौं । नेपाल राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले राष्ट्र ऋण उठाउने तालिका सार्वजनिक गरेको छ । सरकारले चालु आर्थिक वर्षमा कुल २५६ अर्ब आन्तरिक ऋण उठाउने लक्ष्य लिएको छ। चालु आर्थिक वर्षको प्रथम त्रैमासमा आन्तरिक ऋण नउठाएको सरकारले दोस्रो त्रैमासमा भने ३० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ ्। यस्तै तेस्रो त्रैमासमा ८८ अर्ब र चौथो त्रैमासमा १ खर्ब ३८ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने गरी राष्ट्र बैंकले बोलकबोल तालिका सार्वजनिक गरेको छ ।

जसमध्ये १ खर्ब ५० अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋणी अल्पकालीन अवधिको ट्रेजरी बिल, १ खर्ब विकास ऋणपत्र, ५ अर्ब नागरिक बचतपत्र र १ अर्ब वैदेशीक रोजगार बचतपत्रमाफर्त आन्तरिक ऋण उठाउने भएको छ ।

दोस्रो त्रैमासमा उठाउन लागेको ३० अर्ब ऋणमध्ये १५ अर्ब ३६४ दिन अवधिको ट्रेजरी बिल बोलकबोल मार्फत् उठाउने केन्द्रीय बैंकले जनाएको छ । यस्तै १५ अर्ब विकास ऋणपत्र मार्फत् उठाउने भएको छ । जमध्ये २ वर्ष अवधिको ८ अर्ब, ३ वर्ष अवधिको २ अर्ब र ४ वर्ष अवधिको ५ अर्बको विकास ऋणपत्र बोलकबोल गर्ने तालिका केन्द्रीय बैंकले सार्वजनिक गरेको छ ।

तेस्रो त्रैमासमा ६० अर्बको ट्रेजरी बिल, २५ अर्बको विकास ऋणपत्र, २ अर्ब ५० करोडको नागरिक बचतपत्र र ५० करोडको वैदेशिक रोजगार बचतपत्र बोलकबोल हुने भएको छ।

यस्तै चौथो त्रैमासमा ७५ अर्बको ट्रेजरी बिल ६० अर्बको विकास ऋणपत्र, २ अर्ब ५० करोडको नागरिक बचतपत्र र ५० करोडको वैदेशिक रोजगार बचतपत्र बोलकबोल हुने भएको छ।

प्रतिक्रिया दिनुहोस्