धादिङमा जीप दुर्घटना हुँदा १ जनाको मृत्यु



धादिङ । उत्तरी धादिङमा शनिबार भएको जीप दुर्घटनामा एक जनाको मृत्यु भएको छ। ज्वालामुखी गाउँपालिका ४ टारीस्थित भित्री सडक खण्डमा ग १ज ५५८० नम्बरको जीप अनियन्त्रित भइ दुर्घटना भएको हो ।

दुर्घटनामा सोही ठाउँ बस्ने ३५ वर्षीय उत्तम अर्यालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। दुर्घटनामा सोही ठाउँ बस्ने ६ जना घाइते भएका छन् । घाइतेहरुको धादिङस्थित अस्पतालमा उपचार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्