राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले गरे मतदान



काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आफ्नो गृह जिल्ला पर्वतको मोदी गाउँपालिका वडा नं. ७ राम्जाको पशुपति मावि (क) केन्द्रबाट मतदान गरेका छन्। उनले पशुपति केन्द्रबाट बिहान ७ :३० बजे मतदान गरेका हुन्।

प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा मतदान गर्न अध्यक्ष तिमिल्सिना शनिबार आफ्नो गाउँ पुगेका थिए। प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतदान पछि उनले निर्वाचनमा निर्भिकताका साथ मतदान केन्द्रमा पुगेर आफ्नो मताधिकार प्रयोग गर्न सम्पूर्ण मतदातालाई आग्रह समेत गरे।

प्रतिक्रिया दिनुहोस्