बर्दियाको खैरापुर मतदान केन्द्रमा विस्फोट भएपछि मतदान रोकियो



बाँके । बर्दियाको क्षेत्र नम्बर १ स्थित गुलेरिया २ को नेरा सम्भुशरणा प्रावि खैरापुर मतदान केन्द्रमा विस्फोट भएपछि मतदान रोकिएको छ । मतदान सुरू भएको केही समयमै सो स्कूलको छतमा राखिएको बम विस्फोट भएको पत्रकार यज्ञप्रसाद सापकोटाले जानकारी दिएका छन् ।

मतदान केन्द्र रहेको स्कूल भवनमाथि विस्फोट भएपछि मतदाताको भागाभाग भएको छ । भागदौडमा एकजना वृद्व लडेका थिए । अन्य क्षतिको जानकारी आएको छैन । स्थानीय प्रशासनले समन्वय गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्