मोरङको बुढीगंगा केन्द्रभित्रै पटका पड्कीयो, मतदान स्थगित



मोरङ । मोरङको बुढीगंगामा मतदान केन्द्र भित्रै पटका पड्काइएपछि मोरङको एउटा मतदान केन्द्रमा मतदान स्थगित भएको छ । बूढीगंगा गाउँपालिका-१ स्थित करैया देवीस्थान केन्द्रमा मतदान स्थगित भएको हो ।

लाइनमा बसेर मतदाताले मतदान गरिरहेका बेला केन्द्रभित्रै विष्फोटको ठूलो आवाज आएको थियो । विष्फोटको आवाजसँगै मतदाताबीच भगदौड मच्चिएको थियो । बम विष्फोट गराइएको भनेर त्रसित हुँदै मतदाता भागेपछि मतदान स्थगित भएको प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिए । त्यहाँ मतदान फेरि सुरु गर्न आवश्यक तयारी भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्