नेतादेखि सर्वसाधारणको मतदान (फोटोफिचर)



काठमाडौं । देशभर छिटपुट घटनाबाहेक शान्तिपूर्ण रुपमा मतदान भैरहेको छ । मुख्य दलका शीर्ष नेता, अरु नेता र उम्मेदवारहरुले पनि आआफ्नो मतदान केन्द्रमा पुगेर मतदान गरेका छन् । भने मतदानस्थलमा देशैभरी सर्वसाधरणको उपस्थित पनि बाक्लो देखिएको छ । मतदान गरिसकेपछि पत्रकारसँगको कुराकानीमा सबै दलका नेता र उम्मेदवारले आफू र आफ्नै पार्टीको जित हुने दावी गरेका छन् ।

प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा आफ्नै जन्मथलो डडेल्धुरा गन्यापधुरा गाउपालिका- १ को अशिग्राम मावि रूवाखोलामा रहेको मतदान केन्द्रबाट मतदान गरेका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरको सूर्यविनायक नगरपालिकाको बालकोटस्थित महेन्द्र शान्ति विद्यालयको केन्द्रमा पुगेर मतदान गरेका छन् ।

माओवादी केन्द्रका अध्यक्ष एबं पूर्ब प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भरतपुर महानगरपालिका १४ स्थित नेपाल प्रहरी स्कुल शान्तिपुर मतदान केन्द्रमा मतदान गरेका छन् ।

यस्तै नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले रौतहटको रामजानकी कन्या आधारभूत विद्यालय मतदान केन्द्रबाट मतदान गरेका छन् । रौटहट क्षेत्र नम्बर १ का उम्मेदवारसमेत रहेका उनले गौर नगरपालिका-२ स्थित रामजानकी आधारभूत विद्यालय मतदान केन्द्रबाट मतदान गरेका हुन् । पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल इलामको सूर्योदय नगरपालिका-९ स्थित राष्ट्रिय आधारभुत विद्यालयमा मतदान गरेका छन् ।

 

 

 

प्रतिक्रिया दिनुहोस्