क्रसर मतको बिषयमा विवाद हुदा महोत्तरीमा मतगणना स्थगित



महोत्तरी । महोत्तरीका सवै क्षेत्रहरुमा क्रस मतको बिषयमा विवाद हुदा अझै मतगणना हुन सकेको छैन । क्रस मतको बिषयमा केहीले बदर हुनुपर्ने र केहीले सदर हुनुपर्ने माग राख्दै विवाद सिर्जना भएपछी मतगणना स्थगित भएको हो ।

भुलवस क्रस भएका मतहरुलाइ सदर गर्दै मताधिकारलाइ सम्मान गर्नुपर्ने एकथरीको माग छ भने एकथरीले यस्लाइ बदर नै गर्नुपर्ने अडान लिएका छन ।अडान लिनेहरुमा नेकपा एस, जसपा, एमाले लगायतका दलहरु छन भने मताधिकारको सदुपयोग हुनुपर्छ भन्ने बिषयमा अडान लिनेहरुमा सत्तारुढ दल छन । ”कर्मचारीहरुको त्रुटीले मतदान गरेका मतदाताहरु अन्यायमा पर्न हुनुहुदैन भन्ने हाम्रो माग हो माओवादी केन्द्रका पोलिटब्युरो सदस्य प्रकाश पोखरेलले भने।”

विशेषगरि क्रस मतको बिषयमा क्षेत्र न.१ मा विवाद सिर्जना भएको छ । १ वजेवाट मतगणना सुरु हुने भनिएको बर्दिबास मतगणनास्थलमा यही विवादले गणाना सुचारु हुन सकेको छैन ।

निर्वाचन अधिकृत गुणराज श्रेष्ठ सर्वदलिय सहमती जुटाए आफू मतगणना गर्न तयार रहेको वताएका छन । तर विवाद सावधान हुन नसक्दा मतगणना गर्न अझै लम्बिने संकेत देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्