झापा ५ मा एमाले अध्यक्ष ओलीलाई सुरुआतमै दोब्बर मतको अग्रता



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा क्षेत्र नम्बर ५ मा फराकिलो सुरुआती अग्रता लिएका छन् । ६ हजार मत गन्दा ओलीले ३ हजार २१२ मत पाएका छन् भने कांग्रेसका खगेन्द्र पाण्डव अधिकारीले १५२३ मत पाएका छन् ।

अध्यक्ष ओली सातौंपटक झापा ५ बाट चुनावी मैदानमा छन् । यसअघिको चुनावमा ओलीले देशभरकै सबैभन्दा बढी मत पाएर जितेका थिए ।

प्रतिक्रिया दिनुहोस्