काठमाडौं-३ मा एमालेका कृष्णलाई कांग्रेसका सन्तोषले उछिने



काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ३ मा नेकपा एमालेलाई पछि पार्दै नेपाली कांग्रेसले अग्रता लिएको छ । यसअघिसम्म अग्रता लिइरहेका एमालेका कृष्णबहादुर राईलाई पछिल्लो मत परिणाम अनुसार कांग्रेसका सन्तोष चालिसेले पछाडि पारेका छन् ।

चालिसेले १ हजार ८३७ मत ल्याउँदा राईले १ हजार ५३६ मत पाएका छन् । उक्त क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका दुर्गाविक्रम थापाले ९४५ मत ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्