विश्वकप फुटबल : इरानमाथि इंग्ल्याण्डको शानदार जित



काठमाडौं। कतारमा जारी विश्वकपको पहिलो खेलमा इंग्ल्याण्डले इरानलाई ६-२ ले पराजित गरेको छ।

खालिफा अन्तर्राष्ट्रिय स्टेडियममा सोमबार भएको खेलमा बुकाया साकाको २ गोल मद्दतमा इंग्ल्याण्डले पहिलो खेलमा शानदार जितसहित समूह बी मा ३ अंक जोडेको छ।

इंग्ल्याण्डलाई जिताउन साकाले ६३औं र ६२औं मिनेटमा गोल गरे। त्यसअघि जुड बेलिङघहमले ३५औं मिनेटमा गोल गर्दै इंग्ल्याण्डलाई अग्रता दिलाएका थिए। पहिलो हाफको इन्जुरी टाइममा रहिम स्टरलिङले गोल गरे।

वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका मार्कुस रासफोर्ड र ज्याक ग्रेलिसले दोस्रो हाफमा गोल थपे। रासफोर्डले ७१औं र ग्रेलिसले ९०औं मिनेटमा गोल गरे।

कप्तान ह्यारी केनले २ गोलका लागि सहयोग गरे। सन् २००६ को विश्वकपमा डेविड बेकहमले ट्रिडिनाड एण्ड टोबागो विरुद्ध २ गोलको लागि असिस्ट गरेका थिए।

इरानका लागि मेहदी तारेमीले २ गोल गरे। तारेमीले ६५औं मिनेटमा पहिलो गोल गरेका थिए भने खेलको इन्जुरी टाइममा प्राप्त पेनाल्टीमा दोस्रो गोल गरे।

खेलको १० मिनेटमै इरानका गोलकिपर एलिरेजा बेइरानभान्ड आफ्नै खेलाडीसँग ठोक्किएपछि घाइते हुँदै मैदान बाहिरिएका थिए।

पहिलो खेलमै शानदार जितपछि इंग्ल्याण्डले कतार विश्वकपको लागि आफ्नो दाबेदारी समेत पेश गरेको छ। इंग्ल्याण्डले दोस्रो खेल अमेरिका र तेस्रो खेल वेल्ससँग खेल्नेछ।

प्रतिक्रिया दिनुहोस्